Thaha

Saturday 27 April - 11:53 pm NST

मकालु एयरको कार्गो विमान दुर्घटना, पाईलट र को—पाईलट घाईते


काठमाण्डौं, साउन २० । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको मकालु एयरलाईन्सको कार्गो विमान आज दुर्घटनामा परेको  छ । सिमिकोट विमानस्थलबाट दिउँसो ३ बजेर ५५ मिनेटमा उडेको किलो चार्ली कलसाइनको सिंगल ईन्जिन विमान दुर्घटनामा परेको हो ।

सिमीकोट विमानस्थलबाट उडेको १० मिनेटपछि नै ईन्जिनमा खराबी आएपछि विमान हिल्दुम खोला नजिकै फोर्स ल्याण्डिङ गराउँदा दुर्घटनामा परेको राँझा विमानस्थल नेपालगञ्जले जनाएको छ । विमानको सिंगल ईन्जिन जहाज कर्णाली नदीमा खसेको थियो । विमानमा चालक सांगे लामा र सहचालक प्रशान्त शाह रहेका नेपालगन्ज विमानस्थलका एयर कन्ट्रोलर किशोर आचार्यले बताउनुभयो ।

उनीहरु घाईते भएका छन् । पाईलट लामाको छाती र बायाँ खुट्ठामा चोट लागेको छ भने को—पाईलट शाहको टाउकोमा हातमा सामान्य चोट लागेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । दुवैजनाको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।